दफा ३
राहदानी लिनुपर्ने
विदेशयात्रामा जाँदा नेपाली नागरिकले आफ्नो नाममा जारी भई बहाल रहेको राहदानी लिएर मात्र जान सक्नेछ ।
तर नेपाल सरकार र कुनै विदेशी सरकारको बीच भएको सन्धि सम्झौता अनुसार कुनै देशमा जान नेपाली नागरिकलाई राहदानी लिन नपर्ने व्यवस्था भएमा त्यस्तो देशको भ्रमण निमित्त राहदानी लिनु पर्ने छैन ।